topper video

photo gallery

notice board

 

Articles

Application for Undergraduate Professional Courses under Self-Financing and Scholarship Schemes: 2012-13

 

Embassy of India, Kathmandu invites applications on prescribed data-sheet from Nepalese nationals desirous of seeking admission to undergraduate courses in Medicine (MBBS under Self financing Scheme), Engineering (BE), Pharmacy (B.Pharma), Agriculture (B.Sc.Ag), Dairy Technology (B.Sc) and Veterinary Science & Animal Husbandry (B.V.Sc. & AH) for the academic year 2012-13. A qualifying examination to select candidates for these courses will be held in Kathmandu and Birgunj on April 21, 2012 under the aegis of the Embassy. Nepalese Army medical candidates are also required to apply for this test through proper channel (i.e through NA Headquarters). Admit cards of eligible candidates may be downloaded from the Indian Embassy website: www.indianembassy.org.np one week (April 16, 2012) before the examination.

For more details download

Jagadamba Madan Puraskar Guthi (MBBS) को फर्म खुल्यो

 

सिट संख्या        : २ वटा (MBBS)
पठाउने कलेज     : 1. R.G. Kar Medical College Calcutta
                                2. Medical College Calcutta

फर्म पाइने स्थान : Jagadamba Guthi को कार्यालय पाटन ढोका
फर्म शुल्क         : रु ५००/―
समय              : बिहान ११:०० वजे देखि दिनको ०३:०० वजे सम्म
मिति               : २०६८ साल माघ १५ गते देखि चैत्र ३० गते सम्म
सम्पर्क             : ०१―५५४२९९३

नेपाल मेडिकल काउन्सिल Eligibility Committee को अत्यन्त जरूरी सूचना

 

नेपाल मेडिकल काउन्सिलले विदेशमा एम.बि.बि.एस./ बि.डि.एस. वा सो सरहको अध्ययन गर्न जानु अघि काउन्सिलबाट Eligibility Certificate लिएर मात्रजानहुन भनी सम्बन्धित सबैलाई पटक–पटक सूचनाप्रकाशनगरि जानकारी गराउँदा पनि बंगलादेशका केही विश्वविद्यालयहरू/कलेजमा Eligibility Certificate नलिएका नेपालीविद्यार्थीहरू अध्ययन गरेको पाईएको र साथै एम.बि.बि.एस./वि.डि.एस. अध्ययन गर्नको निमित्त काउन्सिलको मापदण्ड निर्देशिका अनुसार आवश्यक मापदण्ड नपुगेका विद्यार्थीहरू र साथै स्वयं बंगलादेशको शैक्षिक मापदण्डको नियमअनुसार GPA पुगेका नेपालीविद्यार्थीहरू पनि अध्ययनरत पाईएकोले त्यसरी अध्ययन गरिरहेकाविद्यार्थीहरू मापदण्ड र नियमविपरित भर्ना भएको हुँदा अबिलम्बनियमको पालना गर्न अनुरोध गरिन्छ ।
 
विदेशका विभिन्न मेडिकल कलेजहरूमा काउन्सिलबाट Eligibility Certificate नलिई एम.बि.बि.एस./वि.डि.एस. वा सो सरहको अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूले विभिन्न समस्या भोगिरहेको भन्ने गुनासो तथा उजुरीहरू औपचारिक, अनौपचारिक रूपमा सुन्नमा आएकोले ती देशका केही कलेजहरूमा शैक्षिक सत्र सुरूवातको वर्षमा काउन्सिलबाट Goodwill visit गर्न जाने काउन्सिलको निर्णय भए अनुसार काउन्सिलबाट 14-21 November, 2011 मा बंगलादेशस्थित विभिन्न मेडिकल कलेज तथा विश्वविद्यालयमा Goodwill visit गरिएको थियो । उक्त Goodwill visit को क्रममा धेरैजसो कलेजहरूमा GPA कम भएका विद्यार्थीलाई पनि भर्ना गरिएको, नक्कली प्रमाणपत्रहरू जारी गरेको, काउन्सिलबाट Eligibility Certificate नलिएका नेपाली विद्यार्थीहरूलाई पनि प्रलोभनका साथ भर्ना गरिएको आदि लगायतका विभिन्न समस्याहरूबाट पीडित नेपाली विद्यार्थीहरू पाईएकोले उक्त Visit को Report मा उल्लेख भएअनुसार बंगलादेशका निम्नलिखित कलेजहरूमा हाललाई नेपाली विद्यार्थीहरूलाई एम.बि.बि.एस./वि.डि.एस. अध्ययन गर्न नपठाउने मिति २०६८ पौष ५ गतेको काउन्सिलको निर्णयानुसार जानकारीगराईन्छ ।
 
1.   Enam Medical College
2.   Dhaka National Medical College
3.   Islamic Bank Medical College
4.   Khawaja Yunis Ali. M.C.
5.   Holy Family Red Crecsent Medical College
6.   Shahbuddin M.C.
7.   East West Medical College
8.   BGC-Trust Medical College
9.   USTC
 
साथै नेपाल मेडिकल काउन्सिलको नियमविपरित यसरी अध्ययन गरेका विद्यार्थीहरूको काउन्सिलमादर्ता नहुने व्यहोरा यसै सूचनाद्वारा सूचित गरिन्छ । यसबाट पर्न जाने समस्याप्रति नेपाल मेडिकल काउन्सिल जवाफदेही नहुने व्यहोरा अवगत गराइन्छ ।

छात्रवृत्तिमा अध्ययनका लागि आवेदन गर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना

 

सन् २०११ मा त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालय अन्तर्गत देहायका कलेजहरुमा निम्न विषयका निम्न सिटमा छात्रवृत्तिमा विद्यार्थी मनोनयन गरी पठाउनु पर्ने भएको हुँदा यस मन्त्रालयबाट २०६८।०७।२६ गते सञ्चालित बायो समुहको परीक्षाको २०६८ मङसिर ५ गतेको गोरखापत्रसमेतमा प्रकाशित नतिजामा देहायका समूहका देहायको योग्यताक्रम भित्र नाम रहेका उम्मेदवारहरुले प्रवेश पत्रको प्रतिलिपि, मन्त्रालयमा आवेदन गर्दाको समयमा प्रतिलिपि पेस गरेका १०+२ वा सोसरहको Transcript समेतको सक्कल प्रमाणपत्र र आरक्षित कोटामा आवेदन गर्नेहरूले सोसंग सम्बन्धित प्रमाणसमेत लिई उम्मेदवार स्वयम् उपस्थित भई यस शाखाबाट उपलब्ध गराइने आबेदन फारममा रु. दशको हुलाक टिकट टाँसगरी आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आवेदकहरुले सम्बद्ध विश्वविद्यालय तथा काउन्सिलको Norms तथा Standard  पुरा गर्नु पर्ने व्यहोरा समेत जानकारी गराईन्छ ।

यस सूचनाको पूर्ण विवरण तलको PDF file मा राखिएको छ ।


AttachmentSize
MOE MBBS Notice 253.43 KB

MOE RESULT: मिति २०६८/०७/२६ को परीक्षाको नतिजा प्रकाशन सम्बन्धी अत्यन्त जरुरी सूचना

 

नेपाल सरकार 

शिक्षा मन्त्रालय 

छात्रवृत्ति शाखा 

नतिजा प्रकाशनसम्बन्धी अत्यन्त जरुरी सूचना 

नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुन आउने विज्ञान Biology विषय लिई 10+2 वा सो सरह उत्तीर्ण न्यूनतम योग्यता कायम हुने  Undergraduate तहका MBBS, BDS, BSc Nursing, B. Pharmacy, BPH, BAMS

Read more...

 
An Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image SlideshowAn Image Slideshow 
spinner
 
 
 
 

NAME by IT Department