२०६८ साल कार्तिक १३ गते बाट Winter Session (Mainly BPKIHS + Indian Embassy) को Course औपचारिक रुपवाट शुरु हुनेछ। यो कोर्ष ६ महिनाको हुने र चैत्र मसान्त भित्र पाठ्यक्रम सकिएपछि ६ हप्ताको प्रश्नपत्र अभ्यास गराईनेछ।
यस कोर्षको उद्देश्य सामान्यतया परिक्षामा सोधिरहने बुदा दोहोर्याउनु मात्र नभई PCB को जगैदेखि मजवुत Foundation बनाउनु, MCQ हरुको उत्तर निकाल्न Tricks सिकाउनु र सोधिन सकिने बुदाहरु कणटस्थ गराउनु हो। प्रत्येक वर्षको प्रवेश परिक्षाको प्रश्नपत्र हेर्दा ठूलै भिन्नता पाइन्छ र शिक्षक/बिद्यार्थीले अनुमान गरेभन्दा फरक पर्ने गरेको छ। त्यसकारण मुख्य मुख्य कुरा छानेर विशेष तैयारी गर्नु भन्दा विस्तृत रुपले ठुलै दायरामा रहेर सवै पक्षको अध्ययन गर्नु राम्रो हुनेछ।
NAME को १५ वर्षको इतिहासमा निम्न कुराहरुमा परिवर्तन गरिएको छ :
नेपालको कोचिंगको स्तर भन्दा India को नाम चलेका ठाउँमा कोर्षको स्तर निकै माथिको हुने गरेको प्रतिक्रिया बिद्यार्थी वाट आउने गरेको र कतिपय बिद्यार्थीहरु ४०,००० देखि ५०,००० भारतिय रुपैयाँ तिरेर ८ महिनाको कोर्षको लागि जाने गरेका छन्। यसमा दिइने Materials पनि पुग्ने गरी हुने देखिएको छ। नेपालको IOM र MOE का लागि त्यति Details मा नचाहिएपनि त्यस स्तरको पढाईले जस्तोसुकै प्रश्न आएपनि तपाईलाई भित्रैदेखि तयार बनाउँछ। Indian Embassy र BPKIHS को लागि सोही स्तरको पढाइ नै चाहिन्छ।
NAMEले यस वर्ष देखि Indian Depth कै कोर्ष Indian Faculty को बाहुल्यता रहेको शिक्षक टीम बाट गराउनेछ। नेपाली शिक्षकहरु तर्फवाट बर्षौ देखि एउटै नोटलाई आधार मानेर पढाइरहने भन्दा पनि घरमा तैयारी गर्न र आफूलाई तिखार्न सधै तत्पर रहने शिक्षकहरु मात्र रहनेछन्। हरेक वर्ष Winter Session वाट हाम्रा बिद्यार्थीहरु आंशिकरुपमा मात्रै संतुष्ट हुने गरेको र Summer (IOM) Session र BPKIHS Session को समयावधि फरक भएपनि नोट र पढाईको स्तर उस्तै उस्तै हुने गरेको गुनासो सुनिन्छ। हाम्रा शिक्षकहरुले IOM Session मा ५० ग्रुप भन्दा बढी पढाएका कारण सो नोट दिमागमा सेट भइसकेकोले Winter Session मा परिवर्तन गर्न गाह्रो हुनु स्वभाविक हो। यस कोर्षमा नयाँ स्वाद दिनका साथै नेपाल र भारत को पढाइको स्तर तुलना गर्न पनि सजिलो हुन्छ।
नेपालमा जुन मोडेलको प्रवेश परिक्षामा पनि Indian Guide बाट नै सवै प्रश्न पर्ने गरेका छन् र नेपाली शिक्षकले लेखेको किताब पनि Indian Guide बाटै उतारेको पाइन्छ। तसर्थ यस बर्ष देखि IOM Session मा अधिकांश नेपाली र Winter Session मा अधिकांश Indian शिक्षकहरु र Materials को प्रयोग गरिनेछ। यस बाट नेपाली शिक्षकहरुको मानमर्दन गर्न खोजिएको नभई कोचिंगको स्तर सुधार्न चालिएको कदमको रुपमा लिइनु राम्रो। क्रिकेट खेलमा पनि खेलको टाइप (Test, One Day, 20-20) र पिच अनि खेलाडीको केहि समयको प्रर्दशन हेरेर सिनियर र नाम चलेका खेलाडिलाई आराम दिईने वा नयाँले Replace गरेको उदाहरण भेटिन्छन्, यसलाई सामान्य रुपमै लिइनुपर्दछ।
अव आउने मुख्य परिक्षा Indian Embassy र BPKIHS को हुने हुनाले अधिकांश प्रश्नहरु Indian Team ले नै तयार पारेका हुनेछन्।


