नेपाल सरकारलाई शैक्षिक सत्र २०१६/१७ का लागि पाकिस्तान सरकारबाट Pakistan Technical Assistance Programme (PTAP) कार्यक्रम अन्तर्गत प्राप्त आंशिक छात्रवृत्ति सिटमध्ये MBBS विषयमा १० सिट र BDS विषयमा ०१ सिट प्राप्त हुन आएकोले छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० बमोजिम देहायबमोजिम साधारण तथा आरक्षण तर्फको विषयगत सिट निर्धारण गरिएकाले उक्त सिटहरुमा नियमानुसार मनोनयनका लागि सम्वन्धित संस्थाले तोकेको देहाय बमोजिमको योग्यता पुरा गरेका र मन्त्रालयबाट मिति २०७२।०८।१४ गते प्रकाशन गरेको देहायको विषय समुहको देहायको योग्यताक्रममा रहेका उम्मेद्वारहरुबाट देहायका कागजातकासाथ उम्मेद्वार स्वयम् उपस्थित भई यस शाखाबाट उपलब्ध गराइने फाराममा रू.१०।– को हुलाक टिकट टाँस गरी मिति २०७३ साउन ०२ गतेदेखि २०७३ साउन १० गतेसम्ममा दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

PTAP Scholarship 2016/017 अन्तर्गतका B.Sc. Engineering D. Pharmacy विषयमा प्राप्त छात्रवृत्ति सिटमा मनोनयन गर्न यस मन्त्रालयको योग्यताक्रम सूची नभएकोले उक्त विषय संग सम्वन्धित नेपाली नागरिकहरुले विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरमा सम्पर्क राख्नुहोला ।

PTAP Scholarship 2016/017 अन्तर्गत सम्वन्धित निकायले तोकेको शैक्षिक योग्यता लगायतका शर्त वन्देज समेतको विस्तृत जानकारीका लागि सम्लग्न फईल हेर्नुहोला ।

Download the form from this link.

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.