Site icon NAME

MOE त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान तर्फको MBBS,BDS र Bsc Nursing छात्रबृत्तिका लागि पूर्व मनोनयन गरिएको अत्यन्त जरुरी सूचना

 

शै स २०७३को लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान तर्फको MBBS,BDS र Bsc Nursing बिषयहरुको छात्रबृत्तिमा अध्ययन गर्न छनौटका लागि यस मन्त्रालयद्वारा मिति २०७३।०८।१७ गते प्रकाशित अन्तिम मेरिट लिष्टका आधारमा मिति २०७३।०८।२९ गतेसम्म कलेजको प्राथमिकता सहित निवेदन दिन आह्वान गरिएकोमा प्राप्त निवेदनहरु आधारमा देहायका उम्मेदवारहरुको पूर्व मनोनयन गरिएकोले निम्नानुसार गर्नु हुन सम्वन्धित सबैलाई जानकारी गराईन्छ ।

१ पूर्व मनोनयन भएका मुख्य उम्मेदवारहरुको सम्पर्क मिति २०७३।०९।२० र ९।२१ गते कार्यालय समय भित्र

२ मुख्य उम्मेदवारहरुले कुन विषय छाड्ने वा रहने स्पष्ट किटान सहित सम्पर्क मिति भित्र लिखित  निवेदन पेश गर्ने

३ मनोनयनका सम्वन्धमा कुनै दावि विरोध भए उम्मेदवार स्वयम् उपस्थित भई सोही मिति भित्र प्रमाण सहित लिखित जानकारी गराउन

४ सम्पर्कमा आउँदा ल्याउनु पर्ने कागजातहरु

५ यस मन्त्रालयबाट प्रकाशित सूचना बमोजिम आवेदन पेश गर्ने उम्मेदवार मध्ये मुख्य उम्मेदवारको रुपमा सूचिकृत नभएका सबै रितपूर्वक दरखास्त पेश गर्ने उम्मेदवारहरुले सम्वन्धित विषयको बैकल्पिक उम्मेदवारका रुपमा सूचिकृत गरिएकोले बैकल्पिक उम्मेदवारले उल्लिखित सम्पर्क अवधिको भोली पल्ट २०७३।०९।२२ गते सम्पर्क गर्ने

उमेदवारको सूची यसैसाथ संलग्न छ।
Attached Documents

Title

Size Type Download

MOE Online Aplication (Based on TU)

602 Kb application/pdf

Click here

Exit mobile version