शै स २०७३ को लागि त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्थान र का वि स्कूल अफ मेडिकल साईन्सेस तर्फको MBBS बिषयको छात्रबृत्ति छनौटका लागि यस मन्त्रालयद्वारा मिति २०७३।०८।१७ गते प्रकाशित अन्तिम मेरिट लिष्टका आधारमा मिति २०७३।०८।२९ गतेसम्म कलेजको प्राथमिकता सहित निवेदन दिन आह्वान गरिएकोमा प्राप्त निवेदनहरुलाई छात्रबृत्ति सम्वन्धी नियमावली २०६२  (संसोधन २०७२ समेत) को १०(क) को आधारमा कोटा विभाजन गरी एवम् छात्रबृत्ति छनौट निर्देशिका २०६९ को निर्देशन ३० (च) को आधारमा कलेजगत (साधारण तथा आरक्षण) को समूहगत कोटाका निर्धारण गरी पूर्व मनोनयन गरिएको र तोकिएको मिति भित्र सम्पर्क गर्न, विषय छाड्ने वा नरहने स्पष्ट किटान सहित लिखित निबेदन पेश गर्न एवम् मनोनयन सम्वन्धमा कुनै दावी विरोध भए उम्मेदवार स्वयम् उपस्थित भइ निवेदन पेश गर्न पूर्व मनोनयनको सूचना प्रकाशन गरिएकोमा प्राप्त निवेदनहरुका आधारमा दुवै विश्वविद्यालयको विश्वविद्यालय अन्तर्गत कलेजगत सूची समायोजन गरी MBBS को छात्रबृत्तिमा अध्ययनका लागि मनोनयन गर्ने शिक्षा मन्त्रालयको मिति २०७३।०९।२८ गतेको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएकोले मनोनयन भएका देहायका उम्मेदवारहरुले अनिवार्य रुपमा तोकिए बमोजिमको निम्नानुसारका कागजात सहित सम्पर्क गर्नहुन जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सम्पर्क मिति : २०७३।१०।०३ र ४ गते कार्यालय समय भित्र

सम्पर्कमा आउँदा ल्याउनु पर्ने कागजातहरु

शैक्षिक योग्यताको सक्कल प्रमाण पत्रहरु सबै ( ONLINE फाराम भर्दा तोकिए बमोजिमको साईजको E COPY समेत)

हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ५ प्रति

नेपाली नागरिकताको प्रतिलिपि

मन्त्रालयबाट प्रदान गरिएको दरखास्त निस्साको प्रतिलिपि

निरोगिताको प्रमाण पत्रको सक्कलै प्रति

MBBS तर्फ मनोनयन भएका व्यक्तिहरुको नामावली तलको लिङ्कमा गइ हेर्न सकिनेछ।

Title

Size Type

Download

MOE TU,KU  MBBS छात्रबृत्तिका लागि मनोनयन

457 Kb application/pdf

Click here

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.