MOE Online Application (KUSMS) भरेका विद्यार्थीहरुलाई अत्यन्त जरुरी सूचना
शिक्षा मन्त्रालयले काठमाण्डौं विश्वविद्यालय स्कूल अफ मेडिसिन र सो अन्तर्गतका कलेजहरुमा छात्रबृत्तिमा अध्ययन गर्नका Online Application भर्ने ६०२ जनाको List यसै सूचना साथ प्रकाशन गरिएको छ । सो लिष्टमा भएको र सम्वन्धित बिद्यार्थीले भरेको विबरणमा फरक भए नभएको हेरी; फरक भएको भए प्रमाण सहित सच्याउन सम्वन्धित उम्मेदवार नै मिति २०१६।०७।२८ गते दिनको २ बजे भित्र सम्पर्क राख्न यो सूचना जारी गरिएको छ । सो मितिमा उपस्थित भई सच्याउन नसक्ने, उपस्थित भई सच्याउन आउँदा प्रमाण जुटाउन नसक्नेको फाराम यस List बमोजिम नै हुनेछ । साथै यस मन्त्रालयको फाराम भर्ने सूचनामा (२०७३।०७।२२ सम्म Online Application भर्ने) भए बमोजिम कागजात बुझाउन नसक्ने, तोकिए बमोजिम निस्साको लागि मिति २०७३।०७।२६ गतेसम्म सम्पर्कमा नआउने र तोकिएको मिति २०७३।०७।२६ भन्दा पछाडि राजश्व बुझाउने उम्मेदवारहरुको फाराम अस्वीकृत हुने ब्यहोरा समेत जानकारी गराईन्छ ।
Title | Size | Type | Download | |
MOE Online Aplication submitted List (Based on KUSMS) |
797 Kb | application/pdf | Click here |