नेपाल सरकार शिक्षा मन्त्रालयलाई मित्रराष्ट्र इजिप्ट सरकारबाट स्नातक तहको General Medicine (एमविविएस सरह) विषयमा प्राप्त ५ सिट आंशिक छात्रवृत्ति (हवाइ टिकट बाहेक)  मा अध्ययनका लागि छात्रवृर्ति      सम्बन्धी नियमावली २०६० (संशोधन सहित) अनुसार उम्मेदवार छनौट गर्नु पर्ने भएकोले सो छात्रबृर्ति कार्यक्रममा अध्ययन गर्न जान इच्छुक एवं शिक्षा मन्त्रालयले मिति २०७३।८।१४ मा कायम गरेको योग्यताक्रम सूचीमा रहेका र यसपूर्ब छात्रवृर्तिका लागि सिफारिस नभएका उम्मेदवारहरुले यहि असार २ गते देखि ८ गते सम्म कार्यालय समय भित्र शिक्षा मन्त्रालयको छात्रवृर्ति शाखा, केशरमहलमा निवेदन दिनुहुन अनुरोध छ ।

१)    दरखास्तका लागि आवश्यक न्यूनतम योग्यता

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले पछिल्लो पटक स्नातक तह (MBBS) मा अध्ययनका लागि लिएको प्रवेश परीक्षा उतिर्ण गरी शिक्षा मन्त्रालयले मिति २०७३।८।१४ मा कायम गरेको योग्यताक्रम सूचीमा नाम भएको हुनुपर्ने । साथै यस पूर्व सो तहको छात्रवृर्तिमा मनोनयनमा नपरेको हुनुपर्ने ।

२)    दरखास्तका लागि तोकिएको समूह :

साधारण समूह ३ जना, महिला समूह १ जना र आदिवासी जनजाति समूह १ जना

३)    दरखास्त दिने अवधि : २०७४  साल असार २ गते देखि ८ गते सम्म ।

४)    दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु :

अध्ययन गर्न चाहेको ब्योहोरा उल्लेख गरि दिएको निवेदन (रु १० को टिकट टाँस गरिएको) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, विगतमा शिक्षा मन्त्रालयमा मेरिट कायम गर्नका लागि अनलाइन फाराम भरेकी निश्सा ।

General Medicineविषयमा स्नातक तहको छात्रबृर्तिमा छनौटका लागि मन्त्रालयले २०७३।८।१४ मा कायम गरेको योग्यताक्रम सूची (जसमा यसपूर्ब छात्रवृर्तिमा छनौट भएका र नभएका सबै समावेश छन) यसै साथ संलग्न छ

 

Title

Size Type   Download
notice_of_Egypt_-MBBS 680 Kb application/pdf  

Click here